राष्ट्रपति एक्सनमा,शिर्ष नेतालाई गरिन गम्भिर प्रश्न!

राष्ट्रपति एक्सनमा,शिर्ष नेतालाई गरिन गम्भिर प्रश्न!

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीन दलका शिर्ष नेतालाई सितल निवासमै बोलाएर देशको पछिल्लो समयको बारेमा सोधपुछ गरेकी छन्।वैठकमा काङ्ग्रेस,एमाले र माओवादीका शिर्ष नेताहरू सहभागि थिए।उक्त बैठकमा राष्ट्रपति भण्डारीले
 डुवान समस्याबारे भारतसँग  कुरा गर्नु पर्दैन ?भनेर नेताहरूलाई प्रश्न तेर्स्याएकी थिइन्।
राष्ट्रपति भण्डारीले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल  बतथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गरेकी थिइन्।
साथै भण्डारीले संविधान संसोधन र नेपालको परराष्ट्र नीति प्रति पनि नेताहरूको ध्यानाकर्षण गरेकी थिइन्।
वर्षेनी उत्पन्न हुने बाढीपहिरोजस्ता प्राकृतिक विपद्लाई  न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउन र
दक्षिणी भूभाग वर्षेनी डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न नेताहरूलाई आग्रह गरेको बैठकमा उपस्थित माओवादी नेता नारायण काजी श्रेष्ठले बताउनुभयो।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया