हाँस्यास्पद निर्णय गर्दै कमल थापा,अर्कै पार्टीका सांसदलाई कारबाही!

अर्कै पार्टीका सांसद कारबाही गर्दै थापा!

राप्रपा अध्यक्ष कमल थापाले संविधान संसोधन विधेयकमा भोट नहालेका राप्रपा प्रजातान्त्रिकका सांसदलाई कारबाहीको तयारी गरेका छन्।र उनको कदमले सबैलाई चकित तुल्याएको छ।अन्य पार्टीका सांसदलाई कारबाही गर्न अगाडी तम्सिएका थापाको निर्णयलाई राप्रपा प्रजातान्त्रिकका एक सांसदले हाँस्यास्पद भएको टिप्पणी गरेका छन।
ती सांसदहरूले निर्वाचन आयोगमा छुट्टै दल दर्ताको लागी निवेदन दिइसकेका छन् र सर्वोच्च अदालतले पनि आयोगलाई दल दर्ता गर्न आदेश दिइसकेको छ ।आजको संसदीय दल र पार्टीको कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष थापाले उक्त प्रस्ताब गरेका छन।बैठक अहिले सिहंदरबारमा बसिरहेको छ।

संसोधन विधेयकमा राप्रपा प्रजातान्त्रिक तटस्थ बसेको थियो र उसले जस अपजस नलिने बाटो लिएको छ।तर केही दिन अघि सम्म विधेयकको पक्षमा मतदान गर्छु भन्दै हिँडेका थापा भने एकाएक विपक्षमा मतदान गर्न पुगेका छन।यो थापाको अस्थिर राजनैतिक चरित्रको गतिलो उदाहरण भएको राप्रपा प्रजातान्त्रिका एक नेताले बताए।

राप्रपा (प्रजातान्त्रिक)का प्रवक्ता किरण गिरीले राप्रपाले कारबाही गर्नुको कुनै अर्थ नरहे प्रतिक्रिया दिएका छन् । ‘हामीले अलग दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छौँ’, उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले दल दर्ताको मान्यता दिन आदेश दिइसकेकाले कारबाहीको कुनै मूल्य हुँदैन ।’

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया