बहुदल पछी गणतन्त्रमा- देउवाले बनाए ऐतिहाँसिक रेकर्ड!

मंगलबार प्रधानमन्त्री शेर बहादुर
देउवाले कांग्रेसका १२ सहित १५ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन। । यससँगै गणतान्त्रिक नेपालको जम्बो सरकारको रेकर्ड देउवा सरकारले आफ्नो नाममा लेखाएको छ।रेकर्डवाला
सरकार ५० सदस्यीय बनेको छ ।
गणतन्त्र आएपछि यो रेकर्ड चौथो प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको सरकारको नाममा थियो।उनले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।
बहुदलीय व्यवस्थामा पनि यो रेकर्ड देउवाकै नाममा थियो । उनले ०५२ सालमा ५२ सदस्यीय मन्त्रीमण्डल बनाएर रेकर्ड राखेका  थिए ।
देउवाले आफ्नै पुरानो रेकर्ड तोड्ने भएका छन्।
, मंगलबारको विस्तारपछि पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण गरी चार मन्त्रालय मन्त्रीविहीन छन् ।
चार वटै मन्त्रालय अहिले प्रधानमन्त्री देउवासँगै छन् र राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।
मंगलबार थपिएका राज्यमन्त्रीहरू
१ सीता गुरुङ
भौतिक पूर्वाधार तथा यातायात
२ सरिता प्रसाई कृषि विकास
३ शेषनाथ अधिकारी शिक्षा
४ नरबहादुर चन्द वाणिज्य
५ अब्दुल रज्जाकगद्दी
खानेपानी तथा सरसफाई
६ तप्तबहादुर विष्ट सूचना तथा सञ्चार
७ अमरसिंह पुन सिँचाइ
८ दिलमान पाख्निन
कानुन, न्याय, तथा संसदीय मामिला
९ उदयशम्सेर राणा अर्थ
१० डिल्लीबहादुर चौधरी
श्रम तथा रोजगार
११ तेजुलाल चौधरी युवा तथा खेलकुद
१२ चम्पादेवी खड्का
सहकारी तथा गरिबी निवारण
१३ जनकराज चौधरी
सङ्घीय मामिला तथा स्थानीय विकास
१४ सुमित्रा थरुनी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४ यसोदा कुमारी लामा
भूमिसुधार तथा व्यवस्था

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया