देउवालाई अनेरास्ववियुले दियो यस्तो चेतावनी!

अनेरास्ववियुले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई मध्यनजर गरेर भ्रमणका समयमा कुनै किसीमको राष्ट्रघाती सन्धी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएको छ।अनेरास्वबियले आज  राजधानीको प्रज्ञाप्रतिष्ठानमा “सीमा समस्या,तराई डुबानको कारण र दिर्घकालिन समस्याको उपाय”बिषयक बिचार गोष्ठी अनेरास्ववियुका अध्यक्ष नबिना लामाको अध्यक्षतामा सम्पन्न गर्दै उक्त चेतावनी दिएको हो।एमाले बरीष्ठ उपाध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री क.बामदेब गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संसदीय बिकाश समिति सभापति माननीय रबिन्द्र अधिकारी,सिमाबिद आदरणीय बुद्धिनारायण श्रेष्ठ र हिरेण्यलाल श्रेष्ठ लगायतले अाफ्नो मन्तब्य राख्नुभएको थियो।
सिमाबिज्ञ द्वय बुद्विनारायण श्रेष्ठ र हिरण्यलाल श्रेष्ठले असमान सन्धिको कारण यो समस्या अाएको र असमान सन्धि खारेजीनै समस्या समाधानको उपाय भएको बताउनु भयो।कार्यक्रममा बिकाश समितिका सभापति रबिन्द्र अधिकारीले अनेरास्ववियु राष्ट्रियताको पहरेदार भएको र बिगतमा कालापानी,सुस्ता र लक्ष्मणपुर बाधको बिरुद्धमा अनेरास्ववियुले सञ्चालन गरेको अान्दोलनको स्मरण गराउदै अाज पनि अनेरास्ववियुले दबाब र जागरणको भुमिका जारी राख्नुपर्ने बताउनु भयो।प्रमुख अतिथि बामदेब गौतमले प्रधानमन्त्री हुने बित्तिकै अोहोदाको प्रमाणपत्र बुझाउन गएजस्तो गरि भारत भ्रमण गर्ने प्रबृतिनै गलत भएको बताउनु भयो।साथै प्रधानमन्त्रीलाई सुझाव दिने क्रममा यो भारत भ्रमणका बेला नेपालीको स्वीकृति बिना बनाईएका सबै बाधहरु भत्काउने निर्णय गरेर अाउनोस भन्ने सुझाव दिनु भयो। ।साथै प्रधानमन्त्रीको भारत भ्रमणले बिगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्नेतर्फ अनेरास्ववियु प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रवक्ता
सुदिप शर्माले बताए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया