भारतले दिएको चालीस करोड ब्लड मनी अपमान हो, अस्विकार गरी- चाबी मागौ!-राज बस्नेत

 

केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलीफोन गरी नेपालको बाढी पहिरो र डुबानले मच्चाएको वितण्डमा कृतिम दु:ख मनाउ गरेछन्।साथै मोदीले बाढी पहिरोको क्षति र वितण्डाको राहत स्वरूप चालीस करोड सहयोग गर्ने बाचा पनि गरेछन।
यस्ता सहयोग सदियौँ देखिको असमान सन्धी र सम्झौताले पटक पटक नेपाल जस्तो सानो र एउटा छिमेकी राष्ट्रमा दुख मच्चाउन सिपालु भारतका शासक वर्गको अरूको दुख  पैसाले किन्न सकिन्छ भन्ने मानसिकताको उपज हो।अरूलाई दु:ख दिने र राम्रो बन्न कृतिम आँसुको सहायतामा पैसाले आक्रोश छिपाउने उसको रणनीति देखिन्छ।
मधेस डुबेको भारतकै कारण हो।मधेसका कैयन गाउँमा पानीको कारण सिर्जीत समस्या भारतकै कारण हो।मधेसमा डुबेर अकालमै ज्यान गुमाएकाहरूको ज्यान जानुको कारण भारतनै हो।वर्ष दीनलाई खान लगाएको बाली सखाप हुने कारण पनि भारत नै हो।किन भनै यी सबै कारणका लागि उसले अव्यवहारीक र अमानवीय तवरले सीमामा बाँध तेर्स्याएको छ।जस्का कारण बाढी आफ्नै रफ्तारमा बहन सक्दैन र गाउँ तर्फ छिर्छ।
यसरी सङ्कीर्ण र अमानवीय सोचले ग्रसित भारतले अदृष्य रूपमा नेपालमा गोली विहीन बन्दुकले हमला गरिरहेको छ।गोली चलाएर औपचारिक  युद्ध घोषणा गर्नु मात्र युद्ध हैन।भारतले गोलीको विकल्पका रूपमा नेपालीलाई सँधै पीडा र दु:खमा राख्न यसरी नै अमानवीय हर्कत गर्दै नेपालीलाई नेपाल भित्रै मार्ने गरेको छ।
  चालीस करोड सँग स्वाधिनता नसाटौ।
भारतले आफ्नो नागरिक र आफ्नो देशको सुरक्षा र स्वार्थ पुरा गर्न यताका नागरिकलाई मृत्यु अङ्गाल्न बाध्य पारेको छ र मृत्यु अङ्गाले बापत नोटका बिटोका सपनाहरू फालिदिएको छ।र यही नोटका बिटोमा यताको राज्यसंचालक हरूले नागरिको ज्यानलाई बाजी राखिदिएका छन।
ए उल्लुहरू हो आफ्नै देशका भाइहरूलाई किन पैसको बिटोको लोभमा मृत्य अङ्गाल्न बाध्य पार्छौ?
हामीलाई मोदीको 40 करोड चाहिएन।के
मोदीले दिएको चालिस करोडले हाम्रो दु:ख र स्वाभिमान माथिका चोटहरू पुरिनेछन त?
प्रधानमन्त्री देउवा जी जस्ले यो देशको स्वाभिमानका खिलाफ खेलिरहेको छ र अझै खेल्ने ठाउ राखेको छ उसैबाट स्वाभिमानको क्षतिपूर्ती किन उठाएको?स्वाभिमान र स्वाधिनतालाई किन पैसा सँग साटेको?मोदी चलाखी चाला पुन खेल्न सफल भएको छन।किनभने सिमामा बाँधिएका बाँधहरू यो देशको स्वाधिनताका खिलाफ थिए र उस्ले नेपालको स्वाधिनतालाई पैसामा किन्न सफल भएको छ।र यताका राज्यसंचालक हरू मख्ख छन।
 चालीस करोडको आसमा माफ समेत माग्न नलगाई देशको चोटलाई यथावत राखिएको छ ।अझ हजुर चालीस करोडमै यहाँ स्वाधिनता साट्न खोजिएको छ।
चालीस करोड चाहीएन हस्तक्षेप रोक!
यसपालि पनि सयौ ज्यान र अरबौको क्षति चालीस करोडमै भारत टार्न सफल भएको छ र आगामी दिनहरूमा यसरीनै चालबाजीहरू चाल्न उस्ले बाटो खोलिसकेको छ।भारतले आफै धामी र आफै बोक्सीको रणनीति अपनाएर सफल भएको छ।
र नेपालका कार्यकारीले ताली बजाइदिएका छन।
मेची र काली बीचको पानी खाएको गोर्खे रगत शरीरमा बग्छ भने प्रधानमन्त्री ज्यु देशको नाममा यसरी हत्याराबाट  ब्लडमनी तपाईले अस्विकार गर्नुपर्छ।
जानाजान दुख दिने जानाजान मार्ने त्यो पनि यसपाली मात्र हैन भोलि पनि मार्ने पासो त्यही थापेकै छ अनि त्यही पासोमा देशको अस्मीता र देशका नागरिकको ज्यान जोखिममा छ भन्ने थाहा हुँदाहुँदै पासो हटाउन तर्फ नलागेर किन क्षतिपूर्ति असुल्न लाग्नुहुन्छ?
के भारतले दिएको चालीस करोडमा देशको स्वाधिनता फिर्ता हुन्छ त? भारतले दिएको चालीस करोडले सयौ मृतकका परिवारमा हिजोको खुसी पुन: फर्कन्छ त? पक्कै नसक्ला त्यसैले महामहिमहरू स्पष्ट भन्दिनुस कि हामीलाई तिम्रो चालीस करोड हैन हामीलाई देश र जनताको माया छ र त्यसका लागि हामी तिम्रो करोडको बिटो हैन सम्मान चाहन्छौँ।
चालीस करोड हैन चाबी माग्नुस!
प्रधानमन्त्री ज्यु चाँडै भारत भ्रमणमा जाँदै हुनुहुन्छ क्यारे!यो एउटा नेपालको छोराको अपील छ।आफ्नो स्वार्थको लागि पैसामा नबिक्नुस।देशको अस्मितालाई बेसरम नतुल्याउनुस।भारतले दिने चालीस करोड हैन यो देशका सिमानामा लगाइएका असमान र अपमान हुने खालका पुलहरूका चालीसै रूपैया पर्ने छन भने पनि चालीस करोड त्यागेर ती चालीस रूपैयाका चाबी लिएर आउनुस।
चालीस करोड-आफैले दिएको चोटमा मलम पट्टीको नाटक!
नेपालमा यत्रो जनधनको क्षति हुँदा दु:खका नाममा एक शब्द नखर्चिएको भारत चीनको कदम पछी नकचरो रूप देखाउँदै हतार हतार करोडको सपना देखाउन आइपुग्यो ।किनकी उसलाई आफुले गरेको गल्ती देखि सरम र लाज थियो।त्यसमा चिनीयाँ उपप्रधानमन्त्रीले कुरीकुरी गर्दिएपछी भने हतार हतार भारत लाज छोप्न तम्सिएको छ।
आफुले पासो थापेर दु:ख दिएपनी उक्त पासो यथास्थानमै राखेर पैसाको बिटो फालेको यो सहयोग नभएर चोट माथि चोट हो।भारतलाई दु:ख लागेको थियो भने उस्ले आफैले सिर्जना गरेको दु:खको कारण पन्छाउन तम्सिने थियो न कि पैसाको बिटोमा दगुर्थ्यो।तर उसले भोली पुन दु:ख दिने नियतले दुखको कारणलाई यथास्थानमै राखेर आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेको छ ।
 त्यसर्थ यो एउटा गरिब र सोझो छिमेकीलाई अनावस्यक चोट दिन पल्केको भारतले रचेको मलम पट्टीको नाटक मात्र हो।
नेपालीले अरूको स्वार्थ को लागि यो सताब्दीमा पनि किन मृत्यु अङ्गालिरहनु पर्ने?अरूको स्वार्थको लागी सार्वभौमिकता विरूद्धको कार्यहरू स्वीकारी रहनुपर्ने कारण के छ?
नेपालले त्यो चालीस करोड अस्विकार गरेर चाबी माग्ने आँट गर्नु पर्छ  ।यो एउटा भारत विरूद्ध एक्सन लिने सुनौलो अबसर पनि हो।नत्र भने अर्को वर्ष पनि यसरीनै डुबेर बस्नु भन्दा अरू विकल्प हामी सामु हुने छैन।चालीस करोड स्वीकार गर्नु भनेको अर्को साल पनि यसरीनै करोडको आसमा आफ्नो भुमी र जनताको खिलाफ रबैया मच्चाउने अबसरको ढोका खोलीदिनु हो।
आफ्नो भुमीको नदीमाथिको पुलको चाबी अरूको हातमा हुनु लज्जास्पद र स्वाधिनताको खिलाफ हो।छिमेकी भएको नाताले नेपालको पानीमा भारतको चासो हुनु स्वभाविक होला तर चाबी नै उसैसँग हुनु चै नेपालीको लागि दुर्भाग्यपुर्ण हो।
भारतले चालीस करोड नेपालीको माया र सम्मानले दिएको हैन।त्यसैले त्यो रकम नेपालले अस्विकार गरी आफ्नै रकम बाढी पीडितलाई राहत स्वरूप उपलब्ध गराउनु पर्छ।राष्ट्रियता सँग जोडिएको ब्लडमनी नेपालले स्विकार गर्नु भनेको उसको अदृष्य
सामाज्यको रबैयालाई स्विकार गर्नु हो।
मोदीको देखावटी र कृतिम आँसुमा हामी अब बहनु हुँदैन।हामीले आफ्नो स्पष्ट अडान राख्न सक्नुपर्दछ त्यसर्थ मोदीबाट चालीस करोड लिएर हैन हाम्रो जीत आफ्नो चाबी आफ्नै हातमा आएमा मात्र हुनेछ।
निकै गरौवशाली विरताको इतिहाँस र आजसम्म कसैको उपनिवेश नभएको हाम्रो मुलुकले यसरी अदृष्य र भित्री रूपमा उपनिवेशको जालोमा बस्नुपर्ने कुरा स्विकार्य हुन सक्दैन।
राज बस्नेत
महासचिव
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन(राप्रविसं)

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया