नेपालको आन्तरीक मामलामा मोदीलाई देउवाको ग्रिन सिग्नल-गरे यस्तो अनौठो बाचा!

८ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रिझाउन आफ्नो देशको आन्तरीक मामलामा अनावस्यक कसम खाएका छन।देउवाले समकक्षी मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन दिएका हुन।
दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै उनले भने, ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’देउवाले भने।
प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा झण्डै आधा घन्टाको बार्ता भएको थियो।आधा घण्टाको वार्ता पछि दुवै देश विच आठ ओटा बुँदामा सम्झौता भएको थियो।
सम्झौता पछिको
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत मात्र गरेनन्, सबैसँग सम्वाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्ने विश्वास गरे ।
लगतै सम्बोधन गरेका देउवाले भने नेपालको आन्तरिक मामिलामा अझ खुलेर भारतलाई प्रवेश गराए ।
‘हामीले संविधान संशोधन गर्ने प्रयास गर्यौं । तर, संसदमा दुई तिहाई बहुमत पुर्याउना सकेनौं र संशोधन हुन सकेन । म आशा गर्छु कि भविश्यमा दुई तिहाई पुग्छ र संविधान संशोधन हुन्छ । र, सबैले संविधान स्वीकार गर्छन् ।’
उनले संविधान संशोधन नभएपनि राजपा चुनावमा जान सहमत भएको बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया