मेस्सीलाई पछार्दै रोनाल्डोले जिते उपाधी,रियल मड्रिडका तीन जना उत्कृष्ट!

मेस्सीलाई पछि पार्दै रोनाल्डो युइएफए बर्ष खेलाडी
मोनाको (एजेन्सी) – फुटबलका ठूला व्यक्तिगत अवार्डमा पछिल्लो केही बर्षयता रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीबीच तीब्र प्रतिस्पर्धा हुने गरेको छ । यो प्रतिस्पर्धामा फेरि एकपटक रोनाल्डोले बाजी मारेका छन् । रोनाल्डोले आज लगातार दोस्रो पटक युइएफए बर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले मेस्सीसँगै युभेन्ट्सका गोलकिपर जियालुजी बुफोनलाइ पछि पार्दै उक्त अवार्ड जितेका हुन।रोनाल्डोले यो पटक सहित यो अवार्ड जितेको तिन पटक भयो।उनले 2013-14 मा यो अवार्ड पहिलो पल्ट उचालेका थिए।

 

यससँगै रोनाल्डोले युएफए को उत्कृष्ट वर्ष फरवार्डको उपाधी पनि हात पारेका छन।साथै बुफोन उत्कृष्ट गोलकिपर,मोड्रिक उत्कृष्ट मिडफिल्डर र रियलकै रामोस उत्कृष्ट डिफेन्डर बन्न सफल भएका छन

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया