मोदीले देउवालाई ,राजतन्त्रको अधिनमा हिन्दुराष्ट्रको पाठ पढाए!

वार्मअप’ मिटिङ भन्दै बुधबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका  प्रधानमन्त्री देउवालाई ‘सर्प्राइज’ दिएका थिए ।यस्तो सरप्राइज अहिले सम्म नेपालका कुनै प्रमले पाएका थिएनन्।तर देउवाले भने गार्ड अफ अनर अगाडी नै भारतिय प्रम भेटेर परम्परा तोडेका छन।
धेरैले मोदीको यो मुभलाई बिच्किएको नेपाल रिझाउने उपाय मानेका छन भने  कतिले अनौ मानेका छन् । यसरी भेटबारे आश्चर्य प्रकट गर्नेमा नेपाली मामिलाका जानकार मानिने भारतीय प्राध्यापक सुख देउ मुनी (एसडी मुनी) पनि रहेका छन् ।उनले एउटा ट्विट गर्दै सनसनीपूर्ण अड्कल काटेका छन।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘आशा गरौँ मोदीसँग देउवाको आकस्मिक वान टु वान वार्तामा नेपाली नेतालाई राजतन्त्रको अधिनमा हिन्दु राज्यको पाठ त पढाएनन् ।’
त्यस्तै उनले नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक भ्रमणको रुपमा भारतलाई रोज्नुपर्ने परम्परालाई अन्त्य गरिनुपर्ने पनि बताएका छन् ।
‘यो अनावश्यक छ । यसले नेपालको सेन्टिमेन्ट र दुई देशको सम्बन्धमा नकारात्मक असर पुर्याउँछ,’ उनले लेखेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया