कस्ले काट्छ महिलाको चुल्ठो?यस्तो छ भित्री रहस्य!

 

अहिले तराईका केही जिल्लामा महिलाको चुल्ठो काटिने घटनाले प्रकोप नै लिएको छ । के,कसरी किन र कस्ले चुल्ठो काट्छ त ? अहिलेको वैज्ञानिक युगमा पनि यो घटना रहस्यमय नै रहेको छ । एकाएक टाउकोबाट कपाल हराउन थालेपछी महिलाहरू आतङ्कित बनेका छन् । केहि समय अगाडी भारतमा यो घटनाले तहल्कानै मच्चाएको थियो तथापि कस्ले किन चुल्ठो काट्छ ? यो प्रश्न भने अनुत्तरीत नै रहेको छ ।

चुल्ठो काटिने महिलाहरूका अनुसार कसैले बेहोस भएपछि चुल्ठो हराएको दाबी गरेका छन् भने कसैले पछाडिबाट कसैले प्रहार गरि लडाएर चुल्ठो काटेको दाबी गरेका छन् ।

अहिले प्रहरीको मा यस्ता घटनाको उजुरीहरू बढ्न थालेका छन् र प्रहरीले पनि उजुरीको अध्ययन थालेको छ तर प्रहरीलाई कुनै उपलब्धी हात लागेको छैन्। रातको समयमा मात्र घटना घटेकाले घटना झनै रहस्यमय बनेको छ । अझ घटना शारिरिक रूपमा कमजोर, दीर्घरोगी र सुत्केरीहरूमा देकिएकाले मानसिक रूपमा कमजोरहरूमा मात्र हमला हुनुलाइ डाक्टरहरूले अनौठो मानेका छन्।

महिलाहरूले घर बाहिर शौच गर्न जाँदा, घरआँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना भएको जनाएका छन् । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र सुतिरहेको अवस्थामा चुल्ठो काटिएको बताएका छन् । केहीले भने नौलो र ठूलो कीरा आएर कपाल टोकेको प्रतिक्रिया दिएका थिए । पछाडिबाट धक्का दिइएको, कालो बिरालो, सेतो, कालो र चम्किलो छाया आएको दाबी गर्नेहरू पनि छन् । सबैले चुल्ठो पछाडिबाट काटिएको जनाएका छन् ।

यसरी रहस्यमयि बन्दै गएको घटना अहिले छानबिनमै रहेको छ।किराले नै काटेको हो भने उक्त किराको अध्ययन थाल्न सरकार अघि सरेको छैन।

भारतमा लहल्का मच्चिएको चुल्ठी काट्ने घटनालाई इन्टरनेटमा खोजी गर्दा भारतको राजस्थान सरकारले ‘मैकी’ नामक किराले कपाल काट्ने गरेको दाबीसहितको सूचना जनहितमा जारी गरेकोसमेत भेटिएको छ।

तर नेपालमा भने यो घटना अझै रहस्यकै दायरामा रहेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया