साफ यु 15 फुटबलको फाइनल पुग्यो नेपाल,कहिले छ फाइनल खेल?

काठमाडौं ।बङ्गलादेशलाई 4-2 गोल अन्तरले हराउँदै नेपाल यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेसँगै नेपालले उपाधिका लागि भारतको सामना गर्नु पर्ने भएको छ ।आजै भारतले पनि भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम खेल मैदानमा आज सम्पन्न खेलमा  आकाश बुढा मगरले २ र ब्रिजेश चौधरीले १ गोल गरेका थिए । त्यस्तै, १ गोल भने नेपालले उपहार स्वरुप पाएको थियो । आकाशले

खेलको छैठौं मिनेटमा आकाशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए भने आकाशले नै खैलको ३० औं मिनेटमा अर्को गोल थपेका थिए। बंगलादेशको गोलकिपर र डिफेन्सको गल्तीको फाइदा उठाउँदै  आकाशले दोस्रो गोल गरे ।  पहिलो हाफको समाप्ती  सम्म २–० गोलअन्तरले नेपालले अग्रता बनाएको थियो।

दोस्रो हाफको ६५औं मिनेटमा बंगलादेशबाट नेपालले आत्मघाती गोल उपहार पाएको थियो। बञ्गलादेशले आत्मघाती गोल गरेपछि नेपालले ३–० को अग्रता बनाएको थियो । तगत्तै सात मिनेट पछि ७२ औं मिनेटमा बंगालदेशले गोल फर्काउँदै खेलमा फर्कनै प्रयास गरेको थियो र पहिलो गोल गरेको एक  मिनेट पछि नै गोल गर्दै खेललाई ३–२ मा झारेको थियो । २ मिनेटभित्र बंगालदेशले दुई गोल गर्दै बङ्गलादेश ले अन्तर छोट्याएको थियो।

थपिएको अतिरिक्त समयमा ब्रिजेशले गोल गर्दै नेपाललाई ४–२ गोलअन्तरले जित दिलाएका हुन् ।

दोस्रो सेमिफाइनल हलचोकस्थित एपीएफको खेल मैदानमा भारतले भुटानलाई ३–० ले पराजित गर्न सफल भयो । पहिलो हाफमा १–० ले अघि रहेको भारतले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।

फाइनल खेल आगामी आइतबार ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया