आपतकालीन राहत कोष स्थापनाको लागी नेपाली एकता समाज जापानको तीज विशेष कार्यक्रम सप्पन्न

संजाल शर्मा जापान,
जापान नेपाली एकता समाजले ‘तीज धमाका २०७४ ‘ दुई चरणमा सप्पन्न गरेको छ। सेप्टेम्बर २३ मा टोकियो शहरमा र सेप्टेम्बर २४ ओसका शहरमा मा कार्यक्रम सप्पन्न गरेको हो। जापान नेपाली एकता समाजले उक्त कार्यक्रम बाट बचत रकमलाई
आपतकालीन राहत कोष स्थापना गरि छिट्टै नेपाल पठाउने तयारी गरेको छ।

जापान नेपाली एकता समाजका बिष्णु के.सी.को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथीको आसन बाट जापान नेपाली एकता समाज का अध्यक्ष यमलाल सापकोटा ले महिलाहरू को महान पर्व हरितालिका तीज बिशेष कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो। सापकोटाले जापान नेपाली एकता समाजको दायित्व र कर्तव्य बारे सम्पुर्ण उपस्थिती जन हरुलाई जानकारी गराउनु भएको थियो ।

 

सो कार्यक्रमलाई भब्य रुपमा सफल पार्न जनगायिका निलिमा पुन , चर्चित लोक गायिका मन्जु पौडेल, उदयमान लोक गाएक तेजेस रेग्मी लगाएतका कलाकार नेपाल बाट जापान पुगेर बिदेशीएका नेपाली मन लाई आफ्नै नेपाली आगन मा झै छ्म छ्मी नचाएका थिए। उक्त तीज धमाका कार्यक्रमको संचालन एकता समाजका सचित्र केसी ले गर्नुभएको थियो।

जापानमा रहेका नेपालीहरु ले नेपाली माथि आइपर्ने आपतकालीन समस्या समाधान गर्न एवम् भर्खरै तराईका आएको बाढी पीडित लाई राहत दिने उद्देश्यले जापान नेपाली एकता समाजको अगुवाइमा राहतको कोष स्थापना गर्न जापानमा रहेका नेपालीलाई आह्वान गरेको र सोही राहत कोषको सहयोगार्थ ‘तीज धमाका २०१७’ को कार्यक्रम आयोजना गरेको प्रचार प्रसार संयोजक (ओसका) का मेघराज सापकोटाले बताउनु भयो।

सेप्टेम्बर २३ गते टोकियो र सेप्टेम्बर २४ गते ओसका मा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बताउदै टोकियो का प्रचार प्रसार संयोजक शिव शर्मा ले छोटो तयारीमा पनि कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भयो साथै उहाँले टोकियो र ओसका गरेर करिब हजार जनाको संख्यामा नेपाली उपस्थित भएको जनाकारी गराउदै, कार्यक्रम लाई नैतिक,भौतिक र आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया