टेलिकमको वार्षिक खुद मुनाफा पन्ध्र अर्ब,वार्षिक पच्चीस लाख नयाँ ग्राहक!

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्षमा ४४ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । गत आवको टेलिकमको खर्च २४ अर्ब ३६ करोड रुपैयाँ छ भने टेलिकमले खर्च कटाएर गत आवमा १५ अर्ब एक करोड रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ ।
टेलिकमको गत आवको प्रतिसेयर आम्दानी एक सय रुपैयाँ ११ पैसा पुगेको छ। टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सञ्चार मन्त्रालयमा प्रस्तुत गरेको वित्तीय विवरणमा उक्त कुरा उल्लेख गरिएको छ।
बजारमा पहिलो स्थान हासिल गर्न सफल टेलिकमको आम्दानी, खुद नाफा र प्रतिसेयर आम्दानी हालसम्मकै धेरै हो । बजार हिस्सा र आम्दानी अनुपात बढ्दै गएको टैलिकमको सेयर पुँजी १५ अर्ब रुपैयाँ छ ।
दैनिक ६ हजार नौ सय ग्राहक थपिएको पनि टेलिकमले जनाएको छ । गत आवमा मात्र टेलिकम सिमकार्ड प्रयोगकर्ता २५ लाख १९ हजार नौ हजार थपिएका थिए ।
२२ अर्ब लगानी थप्दै
साथै टेलिकमले चालू आवमा २२ अर्ब रुपैयाँ लगानी थप गर्ने घोषणा गरेको छ । पूर्वाधार विस्तार तथा सेवाको गुणस्तर वृद्धिमा लगानीको १७ प्रतिशत थप गर्ने लक्ष्य लिएको टेलिकमले यस वर्ष गर्ने लगानी तथा सेवाको गुणस्तरबाट कम्पनीको आम्दानी ४९ अर्ब पुर्याउने योजना अगाडि सारेको छ ।
टेलिकमले वार्षिक २३ लाख ८० हजार ग्राहक थप्ने उद्देश्य राखेको भए पनि २५ लाख १९ हजार नयाँ प्रयोगकता थपिएका हुन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया