हलो समाते अवस्य फल मिल्छ त्यसैले “जता हलो त्यतै चलो”

“जता हलो त्यतै चलो”
नवगठित राप्रपा प्रजातान्त्रिकका कार्यकर्ताहरूले “जता हलो त्यतै चलो”नारा घन्काउन थालेका छन।राप्रपा प्रजातान्त्रिक भर्खरै राप्रपाबाट छुटिएर बनेको पार्टी हो।राप्रपा अध्यक्ष कमल थापाको कार्यशैलीबाट असन्तुष्ट बनेर नया पार्टी गठनमा लागेका युवाहरूले अब सम्बर्धनवादको नारा पनि आफै बोक्ने बताएका छन।आफ्नो नीति बोक्न हामी आफै सक्षम छौ अब कसैलाइ भरिया बनाउन जरूरी छैन प्रजातान्त्रिकका एक नेताले भने “हलो समाते वा पछि लागे अवस्य फल मिल्छ र अब राप्रपा प्रजातान्त्रिक राष्ट्रवादी धारको नेतृत्व गरेर पहिलो दल बन्छ”
त्यसका लागि राप्रपा प्रजातान्त्रिकले अब राप्रपा भित्रका मण्डल प्रवृत्ती विरोधी प्रजातान्त्रिक धारलाई पार्टीमा समाहित गर्ने लक्ष लिएको छ।साथै नवगठित पार्टीले अन्य दलका र साना राष्ट्रवादी समुहलाई पनि एकता ल्याउन अभियान चलाउने भएको छ।
यसका लागि उनिहरूले “जता हलो त्यतै चलो”नारालाई आत्मसाथ गर्ने ति नेताले बताए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया