साफ यु-१५,नेपाल उपविजेतामै सिमित!

अग्रता जोगाउन असफल भएपछि नेपाल, यू-१५ साफ च्याम्पियनसीपको उपबिजेतामै सीमित भएको छ । फाइनलमा नेपाल चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २-१ ले पराजित रह्यो।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाल र भारत बिच फाइनल खेल भएको थियो।
। भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी हान्ने मौका दिएका थिए। स्ट्राइकर ब्रिजेश चौधरीले हानेको पेनाल्टी गोलमा परिणत भएको थियो। ४१औं मिनेटमा नेपालले पेनाल्टी गोल सँगै  अग्रता लिएको थियो ।
५९औं मिनेटमा लालरोकिमाले बराबरी गोल र
७५औं मिनेटमा बिक्रा प्रतापले जितको गोल थपेका थिए।
यसअघी पनि नेपाल भारत सँग समुह चरणमा 2-1 गटलले पराजित भएको थियो।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया