राप्रपा प्रजातान्त्रिकको उपाध्यक्षमा सुब्बा र महामन्त्रीमा लामा नियुक्त!

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर जबराले पार्टीका प्रभाबशाली नेता राम कुमार सुब्बालाई उपाध्यक्षमा मनोनित गरेका छन । आज अध्यक्ष राणाले सुब्बा लाई मनाेनित गरेका हुन । पुर्व भुमीसुधार मन्त्री समेत रहेका सुब्बा पूर्वका प्रभाबशाली नेता हुन।

साथै अध्यक्ष राणाले पार्टीका सांसद एवम् युवा नेता रेशम लामालाई महामन्त्रीमा मनोनित गरेका छन । यसअघि केन्द्रीय सदस्य रहेका लामा पार्टीका प्रभाबशाली युवा नेता हुन ।

राप्रपा नेपाल बाट सांसद बनेका सुब्बा र लामाले राप्रपा भित्र थापाको एकात्मक र निरङ्कुश शासनको विरूद्ध आवाज उठाएका थिए ।
महामन्त्रीमा नियुक्त लामा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया