राप्रपा प्रजातान्त्रिकद्धारा सबै जिल्ला कार्यसमितिलाई पत्रचार

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक ) ले कमल थापाको नेतृत्वबाट अलग भइ नयाँ पार्टी गठन गर्नुपर्ने  १२ बुदे कारण सहित ७५ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ । यसैगरी निर्वाचन आयोगले विधिवत दर्ता गरि सकेको र संसद सचिवालयमा समेत छुट्टै संसदीय दलको मान्यता प्राप्त भैसकेको जनाउदै सम्पूर्ण जिल्ला कार्यसमिति एवं मातहतका क्षेत्रीय समित , नगर तथा गाउँ पालिका समितिहरु, संयोजित (बर्गीय ) संगठनहरु लगायत सम्पूर्ण सक्रिय तथा अगुवा कार्यकर्ताहरुलाई राप्रपा प्रजातान्त्रिकलाई समर्थन जनाइ सक्रियता साथ संगठन निर्माणमा लाग्न समेत अनुरोध गरेको छ ।

 

जिल्ला अध्यक्षलाई सम्बोधन गरि लेखिएको उक्त पत्रमा पार्टीलाई  सस्थागत रुपमा नभई व्यक्तिगत सर्बसत्तावादी ढंगले संचालन गरेको, एकता महाधिवेशनको भावना र प्रतिवद्धता बमोजिम हिन्दु राष्ट्रका लागि सरकार, संसद र सडकमा आन्दोलनको लागि प्राथमिकता नराखेको, पार्टी एकता तथा महाधिवेशनमा भएका पुर्व भद्र सहमति बमोजिम निर्देशन समिति गठन नगरेको र  चुनाब चिन्ह “हलो” नराखेको कारणहरु उल्लेख गरिएको छ ।

यसैगरी पार्टीको नीति सिद्धान्त एकातिर व्यवहार अर्कोतिर, सरकारमा जाने र छोड्ने निर्णय बस्तुगत नभई व्यक्तिगत स्वार्थ र लहडमा गरि पार्टीलाई लज्जित र कुण्ठित तुल्याएको तथा पार्टी नेतृत्व अवाञ्छित स्वार्थी गिरोहको घेराबन्दीमा परि पार्टीले दिने अवसर र मुल्यांकनमा एक थरीलाई भेदभावपूर्ण व्यवहार गरेको , महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सरकारमा हुदा एउटा दृष्टिकोण र सरकार बाहिर हुदा अर्को फरक दृष्टिकोण र व्यवहार दर्शाउने कारण पार्टीको विश्वसनीयता, साख र छवि धुमिल भएको, स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुलाई पार्टी नेतृत्वले पुर्ण उपेक्षा गरिएको एवं कुनै महत्त्व नदिइएको बताइएको छ ।

पार्टीलाई प्रजातान्त्रिक धारबाट विचलित गराई सर्वसत्तावादी धार तर्फ धकेल्ने प्रयास गरेको जसका कारण पार्टी राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय समुदायमा एक्लिदै र आलोचित हुदै गएको, केन्द्रीय समितिको बैठकले अनुमोदन नै नगरेका विषयमा पार्टीको निर्णय भन्दै कार्यान्वयन गर्ने गरेको, पार्टीको स्थानीय तहका समिति केन्द्र देखि जिल्ला सम्मको युवा, विद्यार्थी, महिला संगठन लगायतका भातृ संगठनहरु आफू खुशी प्रयोग गरि कमजोर बनाएको लगायतका कारणहरुले गर्दा पार्टी विभाजन गर्ने बाध्यात्मक परिस्थिति उत्पन भएको बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया