गच्छदारका सहअध्यक्ष नै माओवादीमा-को हुन गच्छदारलाई झड्का दिने सहअध्यक्ष!


सर्लाही, १४ भदौ– उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका पुर्व सहअध्यक्ष रामेश्वर राय यादव नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।यादवले केही समय अगाडी फोरमको सहअध्यक्ष पोष्टबाट राजिनामा दिएका थिए।
बुधबार सर्लाहीको चक्रघाटामा एक कार्यक्रममा बिच अध्यक्ष दाहालले यादव लाई समर्थकसहित माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । गच्छदारको कार्यशैलीबाट रुष्ट यादवले केही समय पहिले पार्टीबाट राजीनामा दिएका थिए ।

यादवलाई पार्टी प्रवेश गराउँदै दाहालले मधेशमा माओवादी पहिलो पार्टी बन्ने बताए । माओवादी प्रवेश गरेका यादवले माओवादीले मात्र मधेशी जनताको अधिकारको रक्षा गर्ने देखेर पार्टी प्रवेश गरेको बताएका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया