नेपालमै पहिलो पटक-‘भुस्याहा’ कुकुरका लागि वृद्धाश्रम !

१५ भदौ, काठमाडौं । ‘भुस्याहा’ कुकुरका लागि अब काठमाडौंमा बृद्धाआश्रम बन्ने भएको छ। ! धेरैलाई यो कुरा सुन्दा अचम्म नै लाग्ला, तर यही सहरका केही व्यक्तिहरू  भने यसलाई आफ्नो सपना बनाएर  लागिपरीहेका छन् । विगत एक दशकदेखि ‘कुकुर वृद्धाश्रम’का लागि एनिमल नेपालले वकालत गरिरहेको थियो।सम्भवत आगामि वर्ष यो समुहले यस्तो पशु बृद्धाआश्रम निर्माण गरिसक्नेछ।
पशु कल्याणका सकृय यो संस्थाले  करिब एक करोड रुपैयाँ खर्चिएर  ललितपुर जिल्लाको दक्षिणी भेगमा रहेको डुकुछापमा १२ रोपनी जग्गा खरिद गरिसकेको छ । अनि, स्रोत केन्द्र स्थापनाका लागि करिब एक करोड खर्च हुने अनुमान सहित पैसा उठाउन संस्था जुटेको छ ।
“हामीले आठ वर्षभरि सङ्कलन गरेको दान दातव्य खर्च गरेर जग्गा त बल्लबल्ल किन्यौँ,” नौ वर्ष पुरानो संस्थाकी अध्यक्ष प्रमदा शाह भन्छिन्, “हामी गैरनाफामुखी संस्था हौँ । भोलि नाफा कमाइएला भनेर लगानी गर्ने कुरा भएन । आजसम्म हामीले जेजे गरेका छौँ, मनमा मानवता भएका मानिसहरूले हामीलाई जेजे दिए, उनीहरूकै कारण सम्भव भएको छ ।”
‘नेपालमै पहिलो पटक’
यो सँस्थाले निर्माण गर्न आँटेको यो आश्रम नेपालमै पहिलो पटक हो।
काठमाडौँमा सडकमा आश्रति कुकुर र अन्य घरपालुवा जनावरका लागि सानातिना आश्रय स्थल नखुलेका होइनन् । तर तीमध्ये अधिकांश व्यक्तिगत तवरमा सञ्चालित छन् र तिनमा धेरै जनावर अट्दैनन्

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया