राप्रपा (प्रजातान्त्रिक) संग ७५ जना केन्द्रीय सदस्यहरु

२६ साउन, काठमाडौं । कमल थापाले राप्रपा केन्द्रीय समितिको बैठकमा पशुपति समशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले निर्वाचन आयोगमा ४० प्रतिशत केन्द्रीय सदस्यहरु पुर्याउन नसकेको दाबी गरिरहदा यता राप्रपा (प्रजातान्त्रिक) का एकजना नेताले  उक्त कुरा अस्वीकार गरेका छन्  ।

उनले  भने- ‘हामीसँग २० जना सांसदहरु र अहिले ७५ जना केन्द्रीय सदस्यहरु छन् जसमध्ये  ६६ जना केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा हस्ताक्षर बुझाइसकेका छन् ।’ निर्वाचन आयोगमा दल दर्ता गर्ने दिनमा नै हस्ताक्षर बुझाएको साथै उक्त समयमा सम्पूर्ण केन्द्रीय सदस्यहरु काठमाण्डौमा नभएकोले बाकी केन्द्रिय सदस्यहरुले दिनहुँ आयोगमा पुगेर हस्ताक्षर गरिरहनुभएको छ र आयोगका कर्मचारीले तोक लगाउँदै दर्ता गरिरहेका छन् ।

 

यसैगरी सांसदहरु मध्ये पूर्वराप्रपा समूहबाट जयन्त बहादुर चन्द र पर्शुराम तामाङ बाहेक सबै र  त्यस्तै कमल थापा समूहका रेशम लामा, विराज बिष्ट, रामकुमार सुब्बा, बबिना मोक्तान, लगायतका  १० जना राप्रपा (प्रजातान्त्रिक) मा  रहेको उनको दाबी छ ।

राप्रपाको सुरुमा ११९ जना सदस्यीय केन्द्रीय सदस्य भएको र अध्यक्ष कमल थापाले ४२ नियुक्त गरेपछि १६१ जना केन्द्रीय सदस्य मध्ये ५ जना बाहिरिएको हुनाले १५६ जनाको मात्रै गणना हुने उनले बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया