तस्करले सात किलो पचाएपछी पन्ध्र किलो सुन बरामद!

 

प्रहरीले  पन्ध्र केजी अबैध सुन बरामद गरेको छ । तस्करले केरुङ नाकाबाट  २२ किलो अवैध सुन भित्र्याएका थिए।त्यसमध्ये १४ किलो काठमाडौंको टोखाबाट र १ किलो सुन जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले विशेष सुचनाको आधारमा प बुधबार दिउँसोदेखि अप्रेशन सुरु गरेको थियो। ब्यूरोका प्रमुख डीआईजी पुस्कर कार्कीका अनुसार १४ किलो काठमाडौंबाट र १ किलो सुन भारत लैजाने तयारीमा रहेका बेला जनकपुरबाट पक्राउ गरिएको हो ।

बाँकि सात किलो सुन भने यसअघि नै बिक्रि गरेको पाइएको छ।

साथै सिन्धुपाल्चोकका पेम्बा दोर्जे शेर्पा ,भक्तपुर सूर्यविनायकका दिपेन्द्र थापा, काठमाडौं बानेश्वरका सरोज थपा, काभ्रे पाँचखालका विष्णु् गौतम, भक्तपुरकै राजेन्द्र खत्री, रवीन खत्री र धनुषाका दिपक कुमार साह लाई प्रहरीले पक्राउ गरेको छ।प्रारम्भिक अनुसन्धानबाट उनिहरू तस्करको भरिया भएको खुलेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया