राप्रपा प्रजातान्त्रिकबाट को को सरकारमा सहभागि हुँदैछन?हेर्नुस सुचि सहित!


काठमाडौंः पशुपती शम्सेर नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा जाने भएको छ।
राप्रपा (प्रजातान्त्रिक)ले सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको छ राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिल थापाले भने अब सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी हामी सरकारमा जान्छौ।
थापाले भने,‘आज बेलुका प्रचण्ड काठमाडौं आउनुहुन्छ, उहाँसँग छलफल गरेर भोलि हामी सरकारमा सहभागी हुन्छौं।’
थापाका अनुसार राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन्।
राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, बिक्रम पाण्डे, दीपक बोहोरा र रामकुमार सुब्बालाई सरकारमा पठाउने भएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया