किन गरे माधव नेपालले – “काङ्ग्रेस प्रजापरिषद् जस्तै हुने” भविष्यवाणी

एमाले बरीष्ठ नेता माधव कुमार नेपालले भ्रष्टचारीले चुनाव लड्न पाउनु पर्छ भन्दै काङ्ग्रेसले तमासा देखाइरहेको टिप्पणी गरेका छन।प्रस चौतारी नेपालले आज चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले काङ्ग्रेसको भ्रष्टचारी बचाउने उक्त खेल लज्जास्पद भएको बताए।

साथै नेता नेपालले सत्तामा बसेर कांग्रेसले जनबिरोधी काम गर्दै गएकोले एकदिन उसको हैसियत प्रजापरिषद्को जस्तै हुने बताए।

देउवाको भारत भ्रमणको प्रसङ कोट्याउँदै नेता नेपालले भने– ‘प्रधानमन्त्री भारत भ्रमणमा त जानु भयो, तर लम्पसार परेर आउनुभयो, नेपालको आन्तरिक बिषय सार्वभौम संसदको अधिकारको बिषयमा भारतलाई समेत हकदार बनाउने प्रयास उहाँले गर्नुभयो।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया