ओलीको बोली-काठमाडौं देखि पोखरासम्म रेल सुलुलु !


१६ भदौ, पोखरा/ सराङ्कोटमा आजबाट सुरु भएको ‘तेश्रो सराङ्कोट पर्यटन महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट पोखरासम्म एक घण्टामै आइपुग्ने खालको रेलको काम अगाडी बढीरहेको बताएका छन। यसअघि पनि ओलीले यस्तै कथन गरेका थिए ।
काठमाडौंबाट पोखरासम्म आउने रेलको काम सुरु भइसकेको र केही वर्षभित्रै रेल सन्चालनमा आएरै छाड्ने पनि ओलिले दावी गरे ।
‘काठमाडौंबाट पोखरासम्म आउने अहिलेको जस्तो गन्ट्याङ/गन्ट्याङ बाटो हुँदैन, सुलुलु चल्ने रेल आउँछ ।’ ओलीले भने, ‘रेल निर्माणमा केही ढिलाई भएपनि यो कुनैपनि हालतमा आउने र कसैले रोक्ने नसक्ने उनले दाबी गरे ।’
साथै पूर्व प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताको नाममा अब गरिब बनाइराख्न नहुने बताए । ‘यो देशलाई अबपनि गरिब बनाइ राख्न मिल्दैन, र हुँदै हुँदैन ।’ ओलीले भने।
देश बिकासको कुरा गर्दा विद्वानहरूलाई मजाक लाग्ने भन्दै ओलीले चित्त पनि दुखाएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया