किन बोलायो सर्वोच्चले राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई छलफलमा !

राप्रपा अध्यक्ष कमल थापाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

यसअघि राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकको दल दर्ता खारेजीको लागि सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायधिस केदार प्रसाद चालिसेको एकल इजालसले दुवै पक्षलाई छलफलको लागि भदौ २६ गते बोलाएको हो ।

सर्वोच्चको आदेश अनुरूपनै  आयोगले राप्रपा प्रजातान्त्रिकलाई दल दर्ताको मान्यता दिएको थियो ।

साथै राप्रपा प्रजातान्त्रिकका एक नेताले यस आदेशले आफुहरूलाई झनै सजिलो भएको प्रतिकृया दिएका छन । आयोगको दर्ता नै हाम्रो प्रमाण हो, हामी ढुक्क छौँ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया