पौडेल रोएको देख्ने कमल थापाले कार्यकर्ताको आँखा पढ्नु !

आज राप्रपा अध्यक्ष कमल थापाले बाँकेमा एक पत्रकार सम्मेलन गरि एउटा वाक्य वोलेका थिए । उनले भनेका थिए “काङ्ग्रेसमा पौडेल जी रोइरहनु भएको छ, एमाले, माओवादीमा त्यस्तै छ असमझदारी हुँदैमा अर्को पार्टी खोल्ने ??

उनको यो वोली समाचार बनेर चौतर्फी फैलिएपछी राप्रपाका एक नेताले रमाइलो एवम् गम्भिर प्रतिकृया दिएका छन् । उनले थापालाई प्रतिप्रश्न गर्दै भने कमल थापा ज्यु पौडेल रोएको देख्ने आफ्ना कार्यकर्ताको चै आँखाको रोदन नदेख्ने??कार्यकर्ताको आँखामा पिडारूपी आँसु चै कदापि नदेख्ने अनि अरूको चै आत्मै नियाल्न पुग्ने ? पौडेलको आँखामा चै आँसु अनि कार्यकर्ताको चै पानी ?

साथै उनले थापालाई पौडेलको नभएर कार्यकर्ताको आँखा पढ्न पनि सुझाब दिएका छन।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया