फुटको संघारमा राजपाले खड्गो काट्यो!

राष्ट्रिय जनता पार्टी नेपाल राजपाले फुटको खड्गो काटेको छ।पार्टी एकता अन्यायपुर्ण ढङ्गले भएको र आफुहरूको मानमर्दन भएको भन्दै छुट्टै गुटको नेतृत्व गरिरहेका तत्कालीन तमलोपा सह- अध्यक्ष हृदयेस त्रिपाठी लाई अध्यक्ष मण्डलको सदस्यमा मनोनित गर्दै राजपाले तत्काललाई सङ्कट पार लगाएको हो।

 

आफु भन्दा कनिष्ठलाई संयोजक मण्डलमा राखेको भन्दै त्रिपाठी समुह असन्तुष्ट थियो।साथै त्रिपाठी समुहले छुट्टै पार्टी खोल्ने कसरत पनि गरेको थियो।

 

उक्त कदम रोक्नलाई अध्यक्ष ठाकुरले त्रिपाठीलाई बढुवा गरेको स्रोतको दाबी छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया