शक्ति प्रदर्शन गर्दै राप्रपा प्रजातान्त्रिक 2 नम्बर प्रदेशमा-कमल थापा छिर्न सकेनन्!

पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक ले हिजो जनकपुरमा 2 नम्बर प्रदेश स्तरीय भेला राख्दै आफुलाई त्यहाँको चुनावमा प्रवेश गराएको छ।

भेलालाई अध्यक्ष राणा,उपाध्यक्ष रामचन्द्र राय, महामन्त्री सुनिल थापा लगाएतका नेताले सम्बोधन गरेका थिए।

अध्यक्ष राणाले पार्टी फुटेको नभइ सामन्ती संस्कारबाट पार्टीलाई बचाएको टिप्पणी गरेका थिए।राणाले थापाले पार्टीलाई जिरो अवस्थामा पुर्याएकोले पार्टीको अस्थित्व टिकाउन कमल थापालाई बाटोबाट हटाउनु परेको दाबी गरे।

त्यस्तै महामन्त्री  थापाले “कमल थापाले मधेस र मधेसी जनताको हकअधिकारसँग खेलवाड गरेको आरोप लगाए ।”
‘कमल थापाजीले मधेसी जनतालाई सधै भारतीय देख्नुभयो’, उनले भने, ‘बामपन्थीहरूको पछाडि लागेर कमल थापाहरूले मधेसी जनताको हकअधिकारलाई सधै बेवास्ता गर्नुभयो ।’ उनले मधेसी जनताको अधिकारका लागि राप्रपा (प्रजातान्त्रिक)ले कहिल्यै साथ नछाड्ने बताए ।
कमल थापाले पार्टीलाई सामाजिक सञ्जालबाट मात्रै चलाएको भन्दै पार्टी संगठन जनताको घरदैलोबाट हुने बताए ।

 

साथै राप्रपा प्रजातान्त्रिकले मधेसमा हिन्दुराष्ट्रको नारा घन्काउँदै गर्दा कमल थापा भने दुइ नम्बर प्रदेशमा जान डराइरहेको राप्रपा नेताहरूले बताएका छन।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया