भ्रष्टचारीले चुनाव लड्न नपाउने,काङग्रेसका सांसदको तमासा सकियो!

काठमाडौं, भदौ १९ – भ्रष्टाचारको सजाय पाएका नेताले पनि चुनावमा उम्मेदवारी दिन नपाउने भएका छन।भ्रष्टचारीले चुनाव लड्न पाउनु पर्ने मागबाट कांग्रेसका सांसद पछि हटेपछि संसदको राज्य व्यवस्था समितिमा प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी विधेयकमा सहमति जुटेको छ ।

विधेयकमाथि छलफल गर्न सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सहमति जुटेको हो ।

विधेयकको दफा १३ को उपदफा ‘ङ’ मा भ्रष्टाचारीले आजीवन चुनाव लड्न नपाउने व्यवस्था प्रस्ताव गरिएकोमा कांग्रेसका १९ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।

तर सोमाबारको बैठकमा कांग्रेसका सांसदले संशोधन प्रस्ताव फिर्ता लिएका हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया