राप्रपा प्रजातान्त्रिकको लहरबाट डराएर-कमल थापाका मण्डल भ्रमको खेती गर्दै!

 

राप्रपा अध्यक्ष कमल थापाका मण्डले र आसेपासे हरूले राप्रपा प्रजातान्त्रीक भित्र विवाद ल्याउन र भ्रम छर्न अनलाइन पत्रीकाहरूको  आडमा गलत समाचार हरू सामाजिक संजालमा सेयर गरेको पाइएको छ।

राप्रपा प्रजातान्त्रीकका एक नेताले राप्रपा प्रजातान्त्रिकको लहरबाट डराएर राप्रपाको एउटा समुह राप्रपा प्रजातान्त्रीकमा विवाद ल्याउने र भ्रम छर्ने कार्यमा उद्दत रहेको बताए”।उनका अनुसार व्यक्तिगत रिसीबी साँध्न राप्रपाले महामन्त्री स्तरीय एउटा टिम खडा गरी भ्रमको खेती संचालन गरिरहेको छ।

राप्रपाका नेताले पछिल्लो दिनमा निर्वाचन आयोगमा दर्ता भैसककेको दललाई अवैधानिक रहेको,सांसदको पद गुम्ने,थापाको शरणमा बोहरा,बोहराका कारण देउवाले सरकार बिस्तार नगरेको लगाएत भ्रमपुर्ण समाचारहरू छरेको बुझिएको छ।

राप्रपा प्रजातान्त्रीकका अर्का नेताका अनुसार फटाहाहरूको काम नभएसी आफ्नो पागलपन देखाइरहेको बताए।उनले संचारमाध्यमबाट राजनिती गर्न पल्केकाहरूले आफ्नो हैसियत मंसिरमा बुझ्ने पनि चेतावनी दिए।

उनले यस्ता गलत हर्कतले आफुहरू विटलित भन्दानी झनै बलियो हुने प्रतिकृया दिए।अब राप्रपा प्रजातान्त्रीकलाई कसैले रोक्न नसक्ने भन्दै उनले कमल थापाको मण्डललाई फेसबुक ट्विटर छोडेर संगठन निर्माणमा लाग्न पनि सुझाब दिए।

हिन्दुत्वको नेतृत्वमा कमल थापा असफल भएको भन्दै उनले अब राप्रपा प्रजातान्त्रिकले सनातन धर्म सापेक्ष राष्ट्र निर्माण गर्न लागि पर्ने पनि बताए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया