महत्वपुर्ण स्थानिय तहको प्रमुख माओवादीलाई दिएपछी काङ्ग्रेसमा चुलियो असन्तुष्टि!

लाहान,सिमरा,जितपुर,लालबन्दी जस्ता राजमार्गका प्रमुख स्थानिय तहमा माओवादीलाई प्रमुख पदमा सघाउने निर्णयका विरूद्ध काङ्ग्रेसमा असन्तुष्टि चुलिएको छ।
यसैकारण मनोनयनको दुइ दिन अघि सम्म काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।
आइतबार साँझसम्म कांग्रेसले आठ जिल्लाका ११५ स्थानीय तहको नाम टुंगो लगाएको थियो । बाँकीमा आफ्नै पार्टीमा विवाद देखिएको र २० तहमा माओवादी केन्द्रसँग तालमेल गर्ने तयारी भइरहेको छ ।
 कांग्रेसले राजमार्गमा पर्ने महत्वपूर्ण नगरपालिका र उपमहानगरपालिकामा माओवादी केन्द्रलाई प्रमुख दिने तयारी गरेको बुझिएको छ । जसअनुसार जितपुर सिमरा र लहान उपमहानगरपालिका, बाराको निजगढ नगरपालिका, सर्लाहीको लालबन्दी र हरिऔन नगरपालिका, सिरहाको गोलबजार नगरपालिका, सप्तरीको कञ्चनरूप नगरपालिका, धनुषाको जानकीनन्दन नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन हुने बताइएको छ । सोही कारण ती पालिकामा निर्णय हुन सकेको छैन ।
साथै महत्वपुर्ण स्थानमि माओवादीको शरणमा परे एमालेले जित्ने भन्दै काङ्ग्रेस नेताहरूले चेतावनि दिएका छन।
माओवादी केन्द्र भने महत्वपूर्ण स्थानीय तहमा कांग्रेससँग तालमेल गरी जित हात पार्ने अभियानमा छ । उसले यतिखेर प्रदेश नम्बर २ का आठै जिल्लामा कांग्रेस कमजोर बनाउने रणनीति अवलम्बन गरिरहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया