उत्तर कोरियाको हाइड्रोजन बम-हिरोसिमामा खसेको बम भन्दा तीनगुणा शक्तिशाली

सोल, १९ भदौ–दक्षिण कोरायाली रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको आफ्नो संसदमा जानकारी दिएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार यो बम गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा  तीन गुणा ठूलो छ।उसका अनुसार सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न अमेरिकाले बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।

उत्तर कोरियाले हिजो आइतबार  शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको थियो । यस हाइड्रोजन बम सफल परीक्षण गरेको कुरा समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया