राप्रपा प्रजातान्त्रिक बाट सरकारको नेतृत्व दीपक बोहराले गर्ने!

 भाद्र १९, काठमाण्डौं । दिपक बोहराले नेतृत्व गर्दै राप्रपा प्रजातान्त्रिक बुधवार सरकारमा जाने भएको छ । राप्रपा प्रजातान्त्रिकको भागमा ४ वटा मन्त्रालय परेको छ भने ४ जना राज्य मन्त्री सहित ८ जना सरकारमा सहभागी हुनेछन् ।
राप्रपा (प्रजातान्त्रिक)एक केन्द्रीय नेताले बताए अनुसार उद्योग, वन तथा भु संरक्षण , शान्ति तथा पुनः निर्माण र विज्ञान तथा प्रविधी मन्त्रालयका साथ सरकारमा जाने भएको हो ।
उद्योग मन्त्रीमा दिपक बोहराको टुंगो लागे पनि बाकी मन्त्री सुनिल बहादुर थापा, विक्रम पाण्डे र रामकुमार सुब्बा हुने र कुन कुन मन्त्रालय को भन्ने जिम्मेवारी टुङ्गो लागि नसकेको र राज्य मन्त्री पनि टुंगो लागि नसकेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आजै सपथ हुने भनिए पनि उद्योग बाहेक को मन्त्रालयको टुंगो नलागेको र राज्य मन्त्रीको पनि नाम सिफारिसमा ढिलाइ भएकोले भोली सम्म सम्पुर्ण मन्त्रीको टुङ्गो लगाई बुधवार सरकारमा जाने भएको छ

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया