फुटको संघारमा राजपा,सचिव मण्डलले दिए राजिनामा!

काठमाडौं, २० भदौ–उम्मेदवार छनोटको विषयमा किचलो भएपछि राजपा फुटको संघारमा पुगेको छ।  प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुन गइरहेको छ।र उक्त  तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा राजपामा किचलो भएको हो।

उम्मेदवार छनौटमा नातावाद हावि भएको भन्दै राजपाका सचिव गजेन्द्र मण्डलले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष मण्डलका केही नेताले आफ्ना नातागोताका व्यक्तिलाई प्राथमिकता दिएर टिकट वितरण गरेको भन्दै भन्दै सचिव मण्डलले राजीनामा दिएका हुन् ।

केन्द्रस्तरबाट ३ जनाको निर्देशक समिति बनाएर राजपाले दुइ नम्बर प्रदेशको निर्वाचनमा उम्मेदवार छनौट गरेको थियो।

निर्देशक समितिले सक्रिय कार्यकर्ता भन्दा पनि नेताहरुका नजिकका मान्छेलाई चुनावको टिकट दिएको मण्डलको आरोप छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया