करिष्माको स्कुल डे..नौ कक्षामा भर्ना!

काठमाडौं, २० भदौ —  अभिनेत्री तथा  नेत्री करिष्मा मानन्धरले विद्यालयको पढाइ थालेकि छन।उनले कक्षा 9 मा  भर्ना गरेकी छिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएकी करिष्माले अहिले आएर औपचारिक शिक्षाको आवस्यकता ठानेर विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेका बताइन् ।

गत वर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् ।

यसवर्ष भने उनी ग्यालेक्सीमा नभई मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् ।

सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी थिइन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया