नेपाल र ताजकिस्तान -सातदोबाटोमा भिँड्दै! को-को छन नेपालको सम्भावित एघारमा?

– एएफसी एसियन कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न नेपालको खेल जित्नै पर्ने देखिएको छ।नेपल ले आज ताजकिस्तान सँग दिउँसो 3:00 बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भिँड्नेछ।

यसअघिका २ खेलमा १ हार र १ मा बराबरी गरेको छ भने ताजकिस्तानले यसअघिका दुवै खेल गुमाइसकेको छ । त्यसैले दुबै टिमका लागि  खेल अत्यन्तै महत्वपूर्ण रहेको छ ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्यातुको कोजी र कप्तान विराज महर्जनले ताजिकिस्तानविरुद्ध जितको लक्ष लिएको बताएका  छन् । कोजीले पहिलो पटक टोलीमा समेटिएका जर्ज प्रिन्स कार्कीले ‘डेब्यू’ गर्ने सम्भावना रहेको पनि संकेत गरेका छन् ।

 

ताजकिस्तान फिफा वरायतामा नेपाल भन्दा अठार स्थान माथि रहेको छ।

यि हुन  सम्भावित सुरुवाती ११

गोलकिपर –किरण चेम्जोङ
रक्षक – कमल श्रेष्ठ,अनन्त तामाङ,देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान)
मिडफिल्ड – अन्जन बिष्ट, रोहित चन्द, विक्रम लामा, सुजल श्रेष्ठ
फरवार्ड – नवयुग श्रेष्ठ, विमल घर्ति मगर

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया