हिन्दुहरूलाई चुनौती दिँदै – नवलपरासीमा दुइ युवाले गाइ काटे!

नवलपरासी/ नवलपरासीमा राष्ट्रिय जनावर तथा हिन्दु धर्मवालम्बीहरूको माता भनेर चिनिने गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना घटेको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

विकले पालेको ३ वर्षको गाई गाउँकै केशब विकले लगेर सामुदायिक वनमा काटी गाउँलेलाई बेचेको हुन। प्रहरीका अनुसार विकले स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेका थिए।साथै गाई गाउँलेलाई भाग लगाएर बेचेको पनि उनीहरुमाथि आरोप छ ।

स्थानीयवासीले प्रहरीलाई गाइ काटेको बारे उजुरी गरेपछि विकद्वयलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार उनिहरूलाइ इलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ ।

मुलुकी ऐनको चौपाया महलमा जानीजानी गाई वा गोरु मारेमा १२ वर्ष कैद र वचन दिनेलाई (आदेश दिनेलाई) ६ वर्ष कैद सजायको व्यवस्था गरेको भएपनि केही हिन्दु विरोधीले गाइ काट्नुलाई आफ्नो प्रतिष्ठा सँग जोडेका छन ।

प्रहरीले उनीहरुलाई धर्म खलबल गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया