नेपाल आइडललाई गम्भिर झट्का-अदालतले दियो यस्तो आदेश! के होला अब?


२१ भदौ, काठमाडौं ।नेपाल आइडललाई जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट नगन्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
आइडलको १५ भदौको कार्यक्रममा भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । अन्नेतिम चार प्रतिश्पर्धी बिच भएको भिडन्तमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।
आयोजकले अर्को साता आउट नगरी नो इलिमीनेशन डे भन्दै कसैलाई पनि बाहिर पठाएन।
आइडल भित्र चलखेल भएको र जनमतको कदर नगरि चाहे अनुसारको व्यक्तिलाई अगाडी लान खोजिएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए।
रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ ।र त्यसबेलासम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भेट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश पनि दिएको छ ।
तर नेपाल आइडलले भने आफुले आफ्नो नियम र फर्म्याट अनुरूपनै कार्यक्रम नै गरेको दाबी गरेको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया