भक्तपुरमा हाम्रो दशै मेला, टिकटबाट उठेको केहि  रकम बाढी पिडित र भक्तपुरको सामाजिक संस्थालाई सहयोग गर्ने

भाद्र २१, भक्तपुर / विजया दशमी २०७४ को उपलक्ष्यमा चन्द्र सुर्य इभेन्ट प्रा. लि. ले भक्तपुरको सल्लाघारी चौरमा दशै मेला आयोजना गर्ने भएको छ “हाम्रो दशै मेला २०७४” नाम दिइएको उक्त मेला भाद्र ३० गते देखि असोज ५ गते सम्म संचालन हुनेछ २०५ भन्दा बढी स्टल भएको मेलामा ऐर बेलुन डिस्प्ले, चंगा चेट प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रमहरु, स्लो बाइक रेसिंग इभेन्ट, फन एण्ड गेम र विभिन्न खानाका स्टलहरु प्रमुख आकर्षणका रुपमा रहने छन्

यसैगरी अफिसियल ब्याण्ड द सर माउन्ट नेपाल, द एक्स ब्याण्ड, अनुप्रस्था ब्याण्ड, एम टि ८८४८ ब्याण्ड, लगायत थुप्रै लोकल ब्याण्डहरुका चिरपरिचित गायकहरु धिरज राई, संजीव सिंह, राजन इसान, हरि कर्माचार्य, युबराज चौलागाई, ज्योति मगर, मिरा न्यौपाने, पार्वती अधिकारी र सबिन लामा लगायतका गायकहरुले दैनिक सांस्कृतिक प्रस्तुति पेश गर्नेछन

मेलामा हरेक दिन केदार घिमिरे “माग्ने बुढा”, सुरेन्द्र केसी “मुला साग”, किरण केसी, दमन रुपाखेती, महादेव त्रिपाठी, जोगेन्द्र पानावाला, दिनेश काफ्ले एबं विभिन्न हास्य कलाकारहरुको हास्यब्यङ्ग प्रहसन हुने मेलाका संयोजक रोजिन मिश्रले बताए ।

बडा दशैको उपलक्ष्यमा आयोजना गरिएको व्यापारिक र मनोरन्जनात्मक मेला विहान १० बजे देखि बेलुका ६ बजेसम्म संचालन हुने र यस मेलाको टिकटको शुल्क सर्वसाधारणको लागि रु ५०, विधार्थीहरुको लागि रु ३० हुनेछ भने ५ बर्ष मुनिका बालबालिकाहरु र ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क हुनेछ उक्त मेलाको  टिकटबाट उठेको केहि  रकम बाढी पिडित र भक्तपुरको सामाजिक संस्थालाई सहयोग गर्ने मेलाका प्रचार व्यवस्थापक सुरज प्रधानले बताए   एक प्रसंगमा उनले भने ” हाम्रो स्टल धमाधम बुकिंग भइरहेको र छिट्टै आउनेलाई विशेष छुटको व्यबस्था गरिएको छ

सात दिनसम्म चल्ने उक्त मेलाको अध्यक्ष अमित लाल श्रेष्ठ, मेला संयोजक रोजिन मिश्र र प्रचार व्यवस्थापक सुरज प्रधान रहेका छन्  

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया