दुवै राप्रपामा लोकेन्द्र बहादुर चन्दले मिलाए सन्तुलन जेठा छोरा थापा संग माहिला राणा संग

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले थापा र राणा नेतृत्वका दुबै राप्रपामा सन्तुलन मिलाएका छन् । उनका जेठा पुत्र जयन्त चन्द थापा नेतृत्वको राप्रपाको महामन्त्री छन् भने माहिला पुत्र अरुण चन्द राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरि प्रदेश नं ७ को सह–संयोजक भएका छन् ।

लोकेन्द्र बहादुर चन्द पार्टी एकिकरण अघि राप्रपाको पुर्व अध्यक्ष समेत थिए र राप्रपा विभाजन पछि उनि तटष्ठ बसेता पनि जेठा पुत्र जयन्त भने थापा नेतृत्वमा नै रहेपछि चन्दको सहानुभूती थापालाई छ भन्ने अड्कल बाजी लगाइ रहेको समयमा  माहिला पुत्र अरुण चन्द राणा नेतृत्वको राप्रपामा प्रदेश सह–संयोजक भएपछि चन्दले राणालाई समेत उत्तिकै महत्व दिएको राजनीतिक वृतमा चर्चा चलेको छ ।


प्रदेश नं.७ मा जयन्त भन्दा अरुण चन्द निकै प्रभावशाली मानिन्छ । अरुण चन्द सुदुरपश्चिममा सालिन, अत्यन्तै जुझारु, योग्य, विकाशप्रेमी, कुशल सकृय नेता र लोकेन्द्र बहादुर चन्दको विरासतका रुपमा परिचित छन् । यता जयन्त चन्द सभासद भएपछि काठमाण्डौ मात्रै बसेको सुदुरपश्चिमको विकाशमा ध्यान नपु¥याएको आदि कारणले जनमानसमा अत्यन्तै असन्तुष्टि रहेको छ ।

 

यसै गरि ७ नं प्रदेशमा अरुण राप्रपा प्रजातान्त्रिकको सह–संयोजक भएपछि थापा नेतृत्व राप्रपामा ठुलै हलचल भएको छ । साथै राप्रपा भन्दा अब राप्रपा प्रजातान्त्रिक बलियो हुने राजनीतिक वृतमा चर्चा हुन थालेको छ । उनी आगामी संसदिय निर्वाचनमा प्रदेश नं ७ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी समेत गरिरहेको राप्रपा प्रजातारिन्त्रकका एक केन्द्रीय सदस्यले बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया