लण्डन रेलमा विष्फोट

लण्डनको दक्षिणपश्चिम स्थित पार्सन्स ग्रीनमा डिस्ट्रिक्ट लाइन रेलका डिब्बामा विस्फोट भएको  छ।यात्रुका अनुसार अगाडीको डिब्बामा विष्फोट भएको र आगोको लप्का आएको थियो।

विष्फोटपछी त्यहाँ खैलाबैला भएको थियो।मानिसहरू विष्फोट पछि अत्तालिएर भागदौड हुँदा केही घाइते भएका छन।

फुल्हामस्थित उक्त क्षेत्रमा स्थानीय समय बिहानको आठ बजेर बीस मिनेट जाँदा प्रहरी तथा प्यारामेडिकहरुलाई सहयोगको कल आएको थियो।साथै अधिकारीहरूले हमला आतङ्कवादी जत्थाबाट भएको हुन सक्ने आसङ्का गरेका विविसीले उल्लेख गरेको छ।

 

कसले विस्फोट गराएको भन्ने अहिले थाहा नभइसकेको उनले बताए।

प्रत्यक्षदर्शीहरुले कम्तीमा एकजना यात्रुको मुहारमा चोटपटक लागेको देखेको बताएका छन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया