विज्ञान क्षेत्रमा खुसी फर्काउँदै बोहरा,देउवा देखी कर्मचारी सबै परे दङ्ग!

विज्ञान र वैज्ञानिक  क्षेत्रमा खुसी फर्काउँदै विज्ञान तथा प्रविधी मन्त्री दीपक बोहराले विज्ञान तथा प्रविधी मन्त्रालयको रूप फेर्न लागि परेका छन्।प्रविधीले फड्को मारेको यो युगमा समेत नेपालमा चै विज्ञान र प्रविधी क्षेत्रको आधिकारीक सँस्थानै छायामा परेको भन्दै सुरू दिनमै बोहराले कर्मचारीलाई काम गर्न उत्प्रेरित गरेका थिए।

कुनै दलको रोजाइमा मन्त्रालय पर्न छाडेपछी कर्मचारी निराश थिए साथै मन्त्रीको अभावमा मन्त्रालयका फाइल र योजनालाई कसैले वास्तै गर्दैनन् थिए।मन्त्रालयका योजना मन्त्रीपरिषद् पुर्याउने कोही नभएपछी मन्त्रालय अत्यन्तै सुस्त बनेको थियो।मन्त्रालयका फाइलहरू महिनौ देखि मन्त्रीपरिषदमै अड्किएका थिए ।

दीपक बोहरा जस्ता उच्च तहका व्यक्ति कसैको रोजाइमा नपरेको मन्त्रालय सम्हाल्न पुगेपछी सुरू दिनमै मन्त्रालयका कर्मचारीहरूको मुहारमा बेग्लै खुसीको आभास हुन्थ्यो।

यो समयमा सबैको रोजाइमा पर्नुपर्ने मन्त्रालय कसैको रोजाइमा पर्न छाडेपछी र मन्त्री बिहीन बनेपछी कर्मचारीहरू अरूको सामु कर्महिन बनेका थिए।

तथापी दीपक बोहरा जस्ता अनुभवी ,उच्च व्यक्तित्व र प्रविधी प्रेमी व्यक्ति मन्त्रालयले मन्त्रीका रूपमा पाएपछी केही दिनमै मन्त्रालयले रूप फेरेको छ।

बोहराले मन्त्रालयका महिनौ देखि मन्त्रीपरिषद्मा अड्किएका फाइल अगाडी बढाउन थालेका छन भने विज्ञान र प्रविधीलाई मुल धारमा ल्याउन विभिन्न कार्यक्रमको खाका बनाएर मन्त्रालयलाई उचाइमा ल्याउन जुटेका छन्।

उनले नाष्टको गतिविधीलाई मौलिक र समयसापेक्ष ढङ्गले उजागर गर्ने,नाष्टलाई नेपालमा लुकेर बसेका प्रतिभालाई उजागर,संरक्षण र व्यावसायिकरण गर्ने थलोका रूपमा विकास गर्ने,आविस्कारको प्रयोगमा सहजिकरण,  मुल्याङ्कन र प्रोत्साहन गर्ने, वैज्ञानिक आविस्कारकर्तालाई राज्यबाट उचित सम्मान र संरक्षण गर्ने,अन्तराष्ट्रिय स्तरमा विकसित प्रविधीलाई समय सापेक्ष ढङ्गले राष्ट्रिय रूपमा प्रयोग गर्ने,सरकारी सुचना प्रविधी मैत्री बनाउने,विज्ञान र प्रविधीको विकासमा सहयोग गर्नेलाई पुरस्कृत गर्ने जस्ता काम अगाडी बढाएका छन्।

साथै उनले सरकारी स्तरमा प्रविधीको प्रयोगलाई उच्च बनाउन आफुले  प्रश्ताव लाने पनि बताए। उनले नाष्टका वैज्ञानिक र मन्त्रालयका कर्मचारी सित पनि चरणबद्ध छलफल अगाडी बढाएका छन्।

साथै बोहराले मन्त्रालयका कामलाई उच्च गतिमा दौडाएपछी प्रधानमन्त्री देउवा देखी मन्त्रालयका कर्मचारी दङ्ग पर्न थालेका छन्।देउवाले उनलाई यस्तै गतिको काममा आफ्नो भरपुर सहयोग रहने बताएका थिए।

बोहराले पहिलो दिननै मन्त्रालयलाई जनमुखी काम गर्न सकिने मन्त्रालयका रूपमा पहिलो रोजाइको मन्त्रालय बनाउने उद्घोष गरेका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया