नेकपाले लियो थवाङ गाउँपालिका अध्यक्ष घर्तीको अपहरणको जिम्मा!

३० भदौ, काठमाडौं ।नेकपाले रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा  लिएको छ ।नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका रोल्पा जिल्ला सेक्रेटेरी जागृतिले घर्ती आफुहरू सँग रहेको बताएका हुन ।

यद्यपी जागृतले आफूहरुले अपहरण गरेको नभइ छलफलका लागि राखेको बताएका छन्। ‘छलफलको लागि बोलाएका हौं र समझदारीमै छलफलमा रहेका छौं,’ उनले भने।

तथापि नेकपाले थावाङमा प्रचण्ड र महरालाई आफ्नो अनुमति बिना बोलाएको,घर्तीले पुरानो सत्ताको जनपरिषदको अधिवेशन राखेकाले अपहरण जरेको बुझिएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया