अदालत पुगे खड्का,के गर्ला अदालतले!

४ असोज, काठमाडौं ।बर्खास्तीमा परेका नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपालबहादुर खड्काले आफ्नो पुनर्बहालीको माग गर्दै आफुलाई  पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चमा रिट दायर गरेका छन् ।

खड्काले रिट निवेदनमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई जबरजस्ती हटाइएको भन्दै निर्णय खारेजीका लागि उत्प्रेषणको आदेश माग गरेका छन्। वारेस मोतिलाल तामाङमार्फत् बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।गत सोमबारको मन्त्रिपरिषद बैठकले
खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको थियो

साथै सरकारले अर्को कार्यकारी निर्देशकको व्यवस्था नभएसम्मका लागि उपसचिव प्रेमप्रसाद अाचार्यलाई अायल निगमको कार्यकारी प्रमुखमा नियुक्त गरेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया