आज बडा दशैको पहिलो दिन,जमरा राखिँदै!

काठमाडौँ, ५ असोज-आज दशैको पहिलो दिन अथवा घटस्थापना,यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि उपयुक्त रहेको ज्योतिषहरूले बताएका छन्।

विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गरेको थियो तर यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको हो।

आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको छ र त्यसपछाडी आज दिनभर घटस्थापना गर्न सकिने छ।साथै आजकै दिन जमरा राख्ने प्रचलन पनि रहेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया