गोरखामा प्रचण्डको गर्जन- मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं!

२०७४, ५ आश्विन बिहीबार
गोरखा, असोज ५ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिको सेवाका लागि मन्त्री र सांसद बन्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् ।

बुधबार गोरखा जिल्ला सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने,कार्यकर्ताहरूलाई त्याग र विकासको प्रतिश्पर्धा गर्न पनि अपिल गरे।

कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीले थालेको क्रान्ति पुरा नभएकाले पदको लागि प्रतिश्पर्धा गर्ने समय अझै आइनसकेको बताए।साथै उनले माओवादी बिना क्रान्ति सम्भव नभएको भन्दै विकासको क्रान्ति गर्न सबैले माओवादी उम्मेदवारलाई जिताउनु पर्ने दाबी पनि गरे।

बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी छाडेपछी प्रचण्ड अहिले भट्टराइको  गृहजिल्ला गोरखामा माओवादीको गुमेको साख फर्काउन प्रयासरत छन्।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया