टेलिकमले धरहरा नबनाउने निर्णय गरेसँगै धरहरा पुनर्निर्माण अनिश्चित!

५ असोज, काठमाडौं ।व्यावसायिक मल बनाउने गरी सात अर्ब लगानी गर्न तयार बनेको नेपाल टेलिकमले धरहराको पुनर्निर्माण नगर्ने भएको छ ।टेलिकमले लगानी सुरक्षाको आधार नभएको आरोप लगाउँदै धरहरा पुनर्निर्माणबाट हात झिकेको हो ।

यद्यपि धरहरा सहित  पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भने टेलिकमले आफ्नो पूर्व प्रतिबद्धता अनुरूप १ अर्ब दिने निर्णय कायमै रहेको जनाएको छ।

 

चार अर्ब रकमको डिजाइन सहित सरकारले पुननिर्माणको जिम्मा टेलिकमलाई दिने निर्णय गरिसकेको थियो।व्यवसायिक मल बनाउने विषयमा टेलिकमको सरकारसँग सहमति हुन नसकेपछि टेलिकम पुननिर्माणको जिम्मा बाट अलग भएको हो।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया