नौ दिन सम्म पानी नखाई शरीरमा जमरा उमार्दै कृष्ण!

काठमाडौं, ५ असोज –  ३६ बर्षीय कृष्ण शाहीले शरीरमा जमरा उमार्ने भन्दै  काठमाडौंको शोभाभगवती मन्दिर परिसरमा दशैंको पहिलोदिन आफ्नो शरीरमा जमरा प्रतिस्थापन गरेका छन् ।

उनले यो  चौथोपटक जमरा उमार्न लागेका हुन् ।यसअघि तीनपटक निर्जल भएर जमरा उमारिसकेका  उनले सातपटकसम्म नौदिनसम्म पानीसमेत नखाई शरीरमा जमरा उमार्ने संकल्प लिएका छन् ।

उनले शोभा भगवती मन्दिरमा अन्नपानी केही पनि नखाई शरीरमा जमरा उमार्न नौ दिनसम्म पानि नखाई निर्जल बस्नेछन् भने मलमुत्र पनि बन्द रहनेछ।


उनको कठीन ब्रत हेर्न आउने भक्तजनले स्वविवेकले दिने भेटी रकम उनले असहायलाई प्रदान गर्ने बताएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया