मधेस-मधेस भनेर मरिहत्ते गर्ने भट्टराइको नया शक्तिले कति सिट जित्यो?


काठमाडौं ५ असोज–मधेस -मधेस भनेर मरिहत्ते गर्ने नया शक्ति पार्टीले प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तहको निर्वाचनमा बिउ रोप्न सफल भएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले सप्तरीको छिन्नमस्ता गाउँपालिका– २ को वडाध्यक्षमा जित हात पारेको हो।उक्त वडामा नयाँ शक्तिका उम्मेदवार चुनचुन साह  प्यानल सहित नै विजयी भएका छन्।

यस्तै नया शक्तिले रौतहटको माधवनारायण गाउँपालिका– ३ मा पनि जित हात पारेको छ। नयाँ शक्तिका राजकुमार यादव वडाअध्यक्षमा विजयी भएका हुन्।
स्थानिय तहको चुनावमा भट्टराईको पार्टीले हालसम्म रसुवाको एउटा तहमा प्रमुख पद जितेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया