कोमल ओली राप्रपा छाड्दै,यस्तो छ कारण!

राप्रपा प्रवेश गरेको एक वर्ष नबित्दै गायिका कोमल ओलीले एमाले प्रवेशको तयारी गरेकी छन्।राप्रपा र राप्रपा नेपाल एकता समारोहमा कमल थापाबाट पार्टी सदस्यता ग्रहण गर्दै ओली राप्रपा प्रवेश गरेकी थिइन्।

राप्रपा विभाजन भएपछि कोमल थापा नेतृत्वको राप्रपामा नै रहेकी छिन्।स्रोतका अनुसार कोमल एमाले अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता शंकर पोखरेलसँग सम्वादमा छिन् ।

कोमललाई राप्रपा अध्यक्ष कमल थापाले पार्टी नछाड्न दवाव दिइरहे पनि राप्रपाको फुटपछि ओली राप्रपामा नबस्ने मनस्थीतिमा पुगेको बताइएको छ।उनले समानुपातिक वा प्रत्यक्ष सांसदमा एक नम्बरमा ओलीको नाम राख्ने भनि आश्वासनसमेत दिएका छन् ।यद्यपि राप्रपाको स्तर खस्केको र एक सिट पनि आउने सम्भावना नरहेको भन्दै ओली एमाले मै प्रवेश गरेर राजनैतिक भविष्य सुनिस्चित गर्ने विचारमा रहेकी छिन्।

आगामी निर्वाचनमा कोमलले दाङबाट उम्मेद्वार बन्ने बताउँदै  केही दिनअघि आफू दाङबाट चुनाव लड्न चाहेको सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक गरेकी थिइन् ।

कोमल एमाले नेता माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा केही दिन पुगेकी थिइन । राप्रपा बाट अर्की नायिका रेखा थापा भने राणाको पर्टीमा प्रवेश गरिसकेकी छन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया