माओवादी नेता प्रभु शाहकी पत्नी प्रदेश नम्बर दुईकी पहिलो महिला मेयर!


रौतहट, ५ असोज ।  रौतहटको मौलापुर नगरपालीकामा जित हात पार्दै माओवादी केन्द्रकी रिना कुमारी शाह प्रदेश नम्बर दुईको पहिलो महिला मेयर बन्न सफल  भएकी छन्। उनी माओवादी केन्द्रका नेता एवम् पुर्व  सहरी विकासमन्त्री प्रभु साहकी पत्नी हुन् ।

रिना कुमारी शाहले  संघीय समाजवादी फोरमका राम एकवाल यादवलाई १४०४ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । रिनाले ३९१२ मत पाउँदा यादवले २२०८ मत प्राप्त गरेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया